नियम ७६
बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने
(१) निजामती सेवा, समूह वा उपसमूहका रिक्त पदहरुमा कार्य क्षमताको मूल्याङ्कनद्वारा तथा
जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुनको लागि राजपत्राङ्कित पदको हकमा रिक्त पद भन्दा एक श्रेणी मुनिका सम्बन्धित सेवा, समूह वा उपसमूह अन्तर्गत ऐनको दफा २१ बमोजिमको न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता भएका कर्मचारीहरु सम्भाव्य
उम्मेदवार हुनेछन् । राजपत्र अनङ्कित पदको हकमा त्यसरी बढुवा हुनको लागि ऐनको दफा २१ बमोजिमको न्यूनतम सेवा अवधि र
शैक्षिक योग्यता भएका देहाय बमोजिमका निजामती कर्मचारी सम्भाव्य उम्मेदवार हुनेछन् ः-
(क) मन्त्रालय, सचिवालय वा आयोग तथा सो मातहतका विभाग र केन्द्रीय स्तरका कार्यालयहरुमा रिक्त राजपत्र अनङ्कित प्रथम श्रेणीको पदको लागि सबै मन्त्रालय, सचिवालय वा आयोग तथा सो मातहतका विभाग र केन्द्रीय स्तरका कार्यालयहरुमा कार्यरत सम्बन्धित सेवा, समूह वा उपसमूहका एक श्रेणी मुनिका सबै निजामती कर्मचारी ।
(ख) जिल्लास्थित क्षेत्रीय, अञ्चल, डिभिजन, जिल्ला तथा इलाकास्तरीय कार्यालयहरुका रिक्त पदहरुका
हकमा,–
(१) अदालत र सरकारी वकील कार्यालयको राजपत्र अनङ्कित प्रथम श्रेणीको रिक्त पदको लागि सम्बन्धित जिल्लास्थित अदालत र सरकारी वकील कार्यालयका सेवा अवधि पुगेका सम्बन्धित सेवा, समूहका एक श्रेणी मुनिका कर्मचारीहरु ।
(२) उपखण्ड (१) मा लेखिएदेखि बाहेक रिक्त राजपत्र अनङ्कित प्रथम श्रेणीको पदको लागि सो
सम्बन्धित सेवा, समूह वा उपसमूहका सबै कार्यालयका सेवा अवधि पुगेका एक श्रेणी मुनिका कर्मचारीहरु ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्र अनङ्कित द्वितीय श्रेणीको रिक्त पदमा जेष्ठता र
कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुनको लागि ऐनको दफा २४घ१क.को उपदफा (२) बमोजिमको शैक्षिक योग्यता र सेवा अवधि
भएका देहाय बमोजिमका कर्मचारीहरु सम्भाव्य उम्मेदवार हुनेछन् ः-
(क) उपनियम (१) को खण्ड (क) बमोजिमका कार्यालयका रिक्त पदको लागि सबै मन्त्रालय, सचिवालय, आयोग, विभाग वा केन्द्रीयस्तरका कार्यालयका राजपत्र अनङ्कित पांचौ श्रेणीका वा श्रेणी विहीन कर्मचारीहरु ।
(ख) उपनियम (१) को खण्ड (ख) बमोजिमको कार्यालयका रिक्त पदको लागि सम्बन्धित जिल्लास्थित सबै कार्यालयका राजपत्र अनङ्कित पांचौ श्रेणीका वा श्रेणी विहीन कर्मचारीहरु ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १४ बमोजिम पदपूर्ति प्रतिशत निर्धारण भई
बढुवाको लागि पद सङ्ख्या छुट्याउनु अघि कार्यरत निजामती कर्मचारीको सरुवा अन्य कार्यालयमा भए तापनि निजलाई साविक (
सरुवा हुनु अघि) को कार्यालयमा छुट्याइएको पदमा हुने बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनबाट वञ्चित गरिने छैन ।
स्पष्टीकरण :- यस नियमको प्रयोजनको लागि “केन्द्रीयस्तरका कार्यालय” भन्नाले नेपालभर कार्यक्षेत्र भएको र कम्तीमा
राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत प्रमुख हुने काठमाडांै उपत्यका स्थित निकाय वा कार्यालय सम्झनु पर्छ ।